Logo
Logo

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर



काठमाडौं । नेपाल राष्ट्र बैंकले आज सोमबारको लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।

राष्ट्र बैंकका अनुसार अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ८४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ४४ पैसा तोकिएको छ । यता बेलायती १ पाउण्डको खरिददर १६९ रुपैयाँ १२ पैसा र बिक्रीदर १६९ रुपैयाँ ८८ पैसा तोकिएको छ ।

आज १ यूरोको खरिददर १४६ रुपैयाँ ६२ पैसा र बिक्रीदर १४७ रुपैयाँ २८ पैसा रहेको छ । यसैगरी कतारी रियाल १ को खरिददर ३६ रुपैयाँ ४४ पैसा र बिक्री दर ३६ रुपैयाँ ६० पैसा तोकिएको छ ।

स्वीस फ्रान्क १ को खरिददर १५७ रुपैयाँ ८२ पैसा र बिक्रीदर १५८ रुपैयाँ ५४ पैसा तोकिएको छ । त्यसैगरी कुवेती दिनार १ को खरिददर ४३२ रुपैयाँ ३५ पैसा र बिक्रीदर ४३४ रुपैयाँ ३० पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्