Logo
Logo

मन्त्रिपरिषद् बैठक सिंहदरबारमा जारी, बालकुमारी घटना- न्यायिक आयोग गठनबारे छलफल


378
Shares

काठमाडौं । मन्त्रिपरिषद् बैठक सिंहदरबारमा बसेको छ । आज (सोमबार) विहान ८ः३० बजेकाट उक्त बैठक बसेको हो ।

बैठकमा गत शुक्रबार घटेको ललितपुरको बालकुमारी घटनाको छानबिन गर्न पूर्वन्यायाधीशको अध्यक्षतामा उच्चस्तरीय न्यायिक आयोग गठनबारे छलफल भइरहेको बताइएको छ ।

हिजो (आइतबार) प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गृह मन्त्रालयलाई तत्काल उच्चस्तरीय छानबिन आयोग गठनसम्बन्धी प्रस्ताव ल्याउन निर्देशन दिएका थिए ।

घटना भएकै दिन प्रहरी नायव महानिरीक्षक लालमणि आचार्यको नेतृत्वमा ३ सदस्यीय छानबिन समिति गठन भएको थियो । तर, मृतकका परिवार उक्त समितिप्रति असन्तुष्टि जनाउँदै शव नबुझ्ने अडान राखेपछि उच्चस्तरीय न्यायिक आयोग गठनबारे बैठकमा छलफल भइरहेको छ ।

बालकुमारी घटनामा दुई जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्