
काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारले बालकुमारीमा भएको आन्दोलनका क्रममा प्रहरीको गोली लागेर मृत्यु भएका विरेन्द्र शाहको परिवारलाई राहत स्वरुप दुई लाख रुपैयाँ सहयोग गर्ने भएको छ ।
प्रदेश सरकारले आइतबार अछामका २३ वर्षीय शाहको परिवारलाई दुई लाख रुपैयाँ दिने निर्णय गरेको हो । शुक्रबार रोजगारी अनुमति प्रणाली अन्तर्गत सिप विल्डिङ परीक्षामा फेल भएकालाई अन्य क्षेत्रको परीक्षामा पनि आवेदन दिन पाउनुपर्ने माग गर्दै भएको आन्दोलनमा प्रहरीको गोली लागेर शाहको मृत्यु भएको थियो ।
शाहको निधनप्रति दुःख व्यक्त गर्दै परिवारलाई राहत स्वरुप दुई लाख दिने निर्णय गरेको कुरा सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले बताए ।














