Logo
Logo

प्रजातान्त्रिक आन्दोलनका योद्धा मिश्रको निधन


693
Shares

महोत्तरी । नेपालको प्रजातान्त्रिक आन्दोलनका योद्धा त्रिपुरारी मिश्रको ५४ वर्षको उमेरमा निधन भएको छ । महोत्तरीको पिपरा गाउँपालिका–३ का बासिन्दा उनको सोमबार राति निधन भएको हो । उनी लामो समयदेखि उच्च रक्तचाप र मधुमेहबाट पीडित थिए ।

पञ्चायतकालमा किशोरवयमै नेपाल विद्यार्थी सङ्घमा आबद्ध भएर नेता मिश्रले प्रजातान्त्रिक आन्दोलनमा योगदान गरेको नेपाली कांग्रेस महोत्तरीका नेता बजरङ्ग नेपाली बताउँछन्।

विसं २०४६ को जनआन्दोलनले प्रजातन्त्र पुनःस्थापना गरेपछि नेपाली कांग्रेसमा क्रियाशील भएका मिश्रको योगदान अनुकरणीय रहेको नेपाली कांग्रेस महोत्तरीका सभापति नागेश्वर यादव र नेकपा एमालेका जिल्ला अध्यक्ष कालीचन्द्र साहले शोक वक्तव्य प्रकाशन गरेर बताएका छन् । स्वर्गीय मिश्रका पत्नी, एक छोरा र एक छोरी छन् ।

प्रतिक्रिया दिनुहोस्