
काठमाडौं । वरिष्ठ पत्रकार गोकुलप्रसाद पोखरेलको निधन भएको छ । दमबाट पीडित उनको सोमबार ८७ वर्षको उमेरमा काठमाडौंमा निधन भएको हो ।
धनकुटाको कचिँडेमा जन्मिएका पोखरेलले पत्रकारिता क्षेत्रमा ४० वर्ष बिताएका थिए । २०३७ वैशाखदेखि २०४० सालसम्म गोरखापत्र दैनिकको कामु सम्पादक रहेका थिए ।
गोरखापत्रकै सहप्रकाशन मधुपर्क मासिकमा कामु सम्पादक रहेका उनले २०३८ सालमा सम्पादकको जिम्मेवारी वहन गरे । उनी गोरखापत्रकै सहप्रकाशन बालपत्रिका मुनाको संस्थापक प्रधान सम्पादक हुन् ।
रष्ट्रिय समाचार समितिका सम्पादकसमेत रहेका पोखरेल नेपाल प्रेस इन्स्टिच्युटका संस्थापक सदस्य सचिव र अध्यक्ष रहे । उनी राष्ट्रिय मानव अधिकार आयोगका सदस्य पनि भएका थिए । उनी नेपाल विज्ञान प्रविधि प्रज्ञा प्रतिष्ठानका सदस्यसमेत भए ।
विदेशमा रहेका छोरा आएसँगै आज मंगलबार उनको अन्त्येष्टि गरिने परिवारले जानकारी दिएको छ । उनका श्रीमती, दुई छोरी र एक छोरा छन् ।














