Logo
Logo
राष्ट्रियसभा सदस्य निर्वाचन

भागबन्डा मिलाउन सत्ता गठबन्धनको बैठक जारी 


504
Shares

काठमाडौं । राष्ट्रियसभा निर्वाचनमा भागबन्डा मिलाउन सत्ता गठबन्धनको बैठक जारी रहेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दिउँसो साढे तीन बजेबाट बैठक सुरु भएको हो ।

बैठकमा कांग्रेस, माओवादी, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका शीर्ष नेता सहभागी छन् । राष्ट्रियसभा निर्वाचनमा भागबन्डा मिलाउन मंगलबार र बुधवार बिहान कांग्रेस र माओवादी केन्द्रका शीर्ष नेताबीच मात्र छलफल भएको थियो ।

 कांग्रेस र माओवादीका नेताहरूको छलफलपछि गठबन्धनमा छलफल गरेर आज साँझ पाँच बजे एमालेसहित  बैठक बोलाउने सहमति भएको थियो ।

आगामी फागुन २० मा एमालेका (एक मनोनित) सहित ९, कांग्रेसका ४, माओवादीका ३, एकीकृत समाजवादीका २, जसपाका १ र स्वतन्त्र सांसद १ जना गरी २० सांसदको पदावधि सकिँदै छ ।

प्रतिक्रिया दिनुहोस्