Logo
Logo

काठमाडौं जिल्ला अदालतबाट हत्कडीसहित थुनुवा फरार


3.9k
Shares

काठमाडौं । जिल्ला अदालत, काठमाडौं परिसरबाट एक जना थुनुवा फरार भएका छन् ।

जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी कुमोध ढुंगेलका अनुसार, ठगी मुद्दाका थुनुवा विमल खड्का हत्कडीसहित फरार भएका हुन् ।

उनलाई डलर देखाएर लुटपाट गरेको आरोपमा प्रहरी वृत्त, स्वयम्भुले पक्राउ गरिएको थियो । फरार खड्काको खोजी गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्