Logo
Logo

अभिभावक संघका संस्थापकहरू सम्मानित


1.4k
Shares

काठमाडौं । नेपाल राष्ट्रिय अभिभावक संघका संस्थापकहरू सम्मानित भएका छन् ।

 वर्तमान कार्य समितिले संघका संस्थापक अध्यक्ष एवम्  पूर्व सांसद वाङ्छे शेर्पासहित संस्थापक सदस्यहरूलाई बुधबार एक कार्यक्रमकाबीच सम्मान गरेको हो । सम्मानित हुनेमा संघका संस्थापक सदस्य पूर्व मन्त्री देवबहादुर पौडेल, बामदेव गौतम र कृष्ण आचार्य छन् ।

 कार्यक्रममा बोल्दै संघका संस्थापक अध्यक्ष शेर्पाले नेपालको शिक्षा प्रणालीमा अहिलेका अहिलेका बालबालिकाहरूले विश्वास गर्न नसकेको भन्दै व्यवहारिक शिक्षा आवश्यक रहेकोमा जोड दिए । 

उनले शिक्षामा आमूल परिवर्तनका लागि अभिभावकहरूको  भूमिका महत्त्वपूर्ण हुने बताए । शिक्षा क्षेत्रका अभिभावकहरूको भूमिका महत्त्वपूर्ण हुने भन्दै २०५९ सालमा शेर्पाको अध्यक्षतामा संघको स्थापना भएको थियो ।

प्रतिक्रिया दिनुहोस्