Logo
Logo

आज उल्का वर्षा हुने, नांगो आँखाले हेर्न सकिएला ?


2.5k
Shares

काठमाडौं । उल्का वर्षा हुने भएको छ । सन् २०२४ को पहिलो उल्का वर्षा आज (बिहीबार) हुन लागेको हो । आज र भोलि रातमा अत्यधिक मात्रामा बुटिज (भूतप) उल्का वर्षा हुने नेपाल एष्ट्रोनोमिकल सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले जानकारी दिए ।

उनका अनुसार भूतप उल्का वर्षा स्थानीय समयअनुसार आज दिउँसोदेखि अत्यधिक मात्रामा सक्रिय हुनेछ । तर, आँखाले भने राति ११ः३० बजेदेखि शुक्रबार सूर्योदयभन्दा अगाडिसम्म हेर्न सकिनेछ ।

अत्यधिक उल्का वर्षा हुने समयमा नांगो आँखाले नै आकाशमा हेरेर अवलोकनकर्ताहरूले मनोरञ्जन लिन सक्नेछन् । पृथ्वीले सूर्यको परिक्रमा गर्ने क्रममा अन्तरिक्षमा रहेका धुलोका कण र चट्टानहरू पृथ्वीको वायुमण्डलमा तीब्र गतिले ठोक्किएर जल्छन् । यसैलाई उल्का वर्षा भनिने अध्यक्ष भट्राईले बताए ।

प्रतिक्रिया दिनुहोस्