Logo
Logo

५ दिनअघि मर्दी पदयात्रामा हराएका लिउ अझै भेटिएनन्


504
Shares

काठमाडौं । कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिकामा अवस्थित मर्दी हिमाल पदयात्राका क्रममा गत पुस १४ गतेदेखि हराएका एक जना विदेशी पर्यटक अहिलेसम्म फेला पर्न सकेका छैनन् ।

स्विडेनका २० वर्षीय मिचल लिउ ब्लोम्बर्ग पदयात्राका क्रममा मर्दीको हाइक्याम्पबाट बेपत्ता भएको पाँच दिन बित्दासमेत खोजी र उद्धारमा जुटेको टोलीले उनको बारेमा केही जानकारी प्राप्त गर्न नसकेको हो ।

पर्यटक हराएको भोलिपल्टदेखिनै खोजीमा सुरक्षाकर्मी, माछापुच्छ्रे गाउँपालिका, पर्यटन व्यवसायी तथा अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाबाट खोजीकर्ता परिचालन भए पनि अवस्था थाहा हुन नसकेको प्रहरीले जनाएको छ ।

पदमार्गको हाइक्याम्पको होटल म्याजिक माउन्टेनमा शुक्रबार बास बसेर शनिबार बिहान ४ बजे पानी र टर्चलाइटमात्र लिएर मर्दी आधार शिविरतर्फ गएका मिचलको त्यसपछि अवस्था अज्ञात छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले प्रहरीले सम्पर्क विहीन पर्यटकको खोजी गरे पनि अवस्था थाहा हुन नसकेको बताए ।

प्रतिक्रिया दिनुहोस्