Logo
Logo

टेस्लालाई उछिन्दै बीवाइडी, एक वर्षमा ३० लाख गाडी बिक्री


1.1k
Shares

काठमाडौं । चीनको विद्युतीय सवारीसाधन उत्पादन गर्ने कम्पनी बीवाइडीले एक वर्षमा ३० लाखभन्दा बढी नयाँ गाडीहरु बेचेको छ । जसमा ब्याट्रीबाट संचालन हुने सवारीसाधन र हाइब्रिडहरू समावेश छन् । कुल बिक्रीमध्ये लगभग १६ लाख गाडी ब्याट्रीबाट चल्ने गाडीहरू रहेको कम्पनीले जनाएको छ ।

त्यस्तै कम्पनीले पछिल्लो तीन महिनामा ५ लाख २६ हजार युनिट इभी बिक्री गरेको छ । विवाइडी इभी उत्पादन गर्ने चीनको प्रमुख कम्पनीमध्ये पर्छ । कम्पनीले २०२३ को अन्तिम सोमबार गत तीन महिनामा ५ लाख २६ हजार युनिट इभी बिक्री गरेको विवरण सार्वजनिक गरेको हो ।

साथै कम्पनीले नेपालमा पनि २०२३ मा २ हजार ८१ युनिट गाडी निर्यात गरेको छ । यो नेपालमा आयात हुने अन्य ब्रान्डको भन्दा धेरै हो । बीवाइडीले विश्वमा सबैभन्दा बढी बिक्री हुने विद्युतीय सवारी उत्पादक कम्पनी एलन मस्कको टेस्लालाई पछि पार्ने अनुमान गरिएको छ ।

टेस्लाले २०२३ को अन्तिम तीन महिनामा करिब ४ लाख ८३ हजार मात्रै विद्युतीय सवारीसाधन बेचेको उद्योग विश्लेषकहरूले अनुमान गरेका छन् । टेस्ला लक्जरियस तथा प्रिमियम सेग्मेन्टमा पर्ने भएकाले गाडीको मूल्य महँगो छ । यो ब्रान्डको गाडीको मूल्य नेपालमा एक करोडदेखि २ करोडसम्म पर्ने गरेका छन् । तर बीवाइडीको ४० लाखदेखि ६६ लाख रुपैयाँ पर्ने मोडलका गाडीहरु मात्र उपलब्ध छन् ।

प्रतिक्रिया दिनुहोस्