काठमाडौं । रिचमन्ड अमेरिकन युनिभर्सिटी, लन्डनमा अध्ययनरत आदित्य गोयन्काले स्नातक तह अर्थशास्त्रमा सबैलाई उछिनेका छन्
सोबापत उनलाई प्रतिष्ठित ‘बेस्ट स्टुडेन्ट’ र ‘डिन्स अवार्ड’ का साथै गणित विषयमा ‘बेस्ट स्टुडेन्ट अवार्ड’ पनि दिइएको छ । यसबाट उहाँलाई क्याम्ब्रिज एन्ड लन्डन स्कुल अफ इकोनोमिक्समा स्नातकोत्तर अध्ययनका लागि प्रस्ताव पनि आएको उनका बुबा सञ्चारकर्मी तथा वातावरणकर्मी श्याम गोयन्काले जानकारी दिए ।

आदित्यले नेपालका विपन्न वर्गको सामाजिक–आर्थिक अवस्थालाई रूपान्तरण गर्ने र आफ्नो विकासको ढाँचालाई विकासशील विश्वमा पु¥याउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
उनी भेटिभर नेपालसँग पनि सम्बन्धित छन्, जसले नेपालमा भूस्खलन र बाढीपहिरो रोकथाममा सहयोग पुर्याइरहेको छ ।
कुश जस्तो खसखसे पनि भनिने भेटिभरले दिगो र समावेशी विकासमा उत्प्रेरकको काम गरिरहेको छ जुन संयुक्त राष्ट्रसङ्घीय दिगो विकास लक्ष्यमध्ये १७ वटामा उपयोगी पनि छ ।
आदित्य नेपालमा माटो र पानी संरक्षण, विपत्ति न्यूनीकरण, खेर गएको जमिनको उपयोग, भूमिगत पानी पुनःभरण, कार्बन पृथकीकरण, सीमान्त जमिनको जैविक चिकित्सा, हरित ऊर्जाबाट जीवाष्म इन्धनको विस्थापनलगायत काममा पनि संलग्न हुनुहुन्छ जसले क्रान्तिकारी प्रभाव ल्याइरहेको जनाइएको छ ।














