Logo
Logo

राष्ट्रियसभामा गठबन्धनले एमालेसँग सहकार्य नगर्ने, सिट बाँडफाट साँझ


2.2k
Shares

काठमाडौं । सत्तारुढ दल गठबन्धनले राष्ट्रियसभा चुनावमा नेकपा एमालेसँग सहकार्य नगर्ने निर्णय गरेका छ । शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा माओवादी, नेपाली कांग्रेस, एकीकृत समाजवादी र जसपाबीचको बैठकले एमालेसँग सहकार्य नगर्ने समझदारी गरेको हो ।

नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले एमालेलाई राष्ट्रियसभामा समेट्न नसकिने समझदारी भएको बताए । उनले भने, ‘सत्ता र प्रमुख प्रतिपक्ष, प्रतिपक्षका बीचमा मिलेरै जान सकिन्छ की भन्ने थियो । तर सम्भव भएन ।’ यसअघि प्रधानमन्त्री प्रधानमन्त्री प्रचण्डले एमालेलाई पनि सीट दिएर जानुपर्ने प्रस्ताव राखेको थिए ।

सोही अनुसार बुधवार प्रमुख प्रतिपक्षी नेकपा एमालेसँग पनि शीर्ष नेताहरूले छलफल गरेका थिए । तर आज बसेको गठबन्धनको बैठकले एमालेलाई नसमेट्ने सहमति गरेसँगै ‘च्याप्टर क्लोज’ भएको हो ।

त्यस्तै साझ ५ बजे गठबन्धनका सबै दलहरुको बैठक बसेर सिट बाँडफाट गरिने उनले बताए । उनले भने, ‘राष्ट्रिय सभा सदस्य निर्वाचनको विषयलाई लिएर ४ दलबीच छलफल भयो । आज पुनः ४ बजे बैठक बस्ने र ५ बजे सत्ता गठबन्धनमा सहभागी सबै दलहरुको बैठक बसेर सिटको टुंगो लगाउने निर्णय भएको छ । गठबन्धनकै बीचमा सिटको बाँडफाँट हुन्छ । गठबन्धन र सरकारमा सहभागी दलले नै चुनाव लड्छ ।’

प्रतिक्रिया दिनुहोस्