Logo
Logo

जसपाको दलित मुक्ति सङ्गठनको अध्यक्षमा चमेली देवी


756
Shares

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) निकट दलित मुक्ति सङ्गठनको केन्द्रीय समिति पुनर्गठन भएको छ । शनिबार जनकपुरमा आयोजित भेलाले चमेली देवी दासको अध्यक्षतामा १५ सदस्यीय पदाधिकारी समिति र ९९ सदस्यीय केन्द्रीय समिति पुनर्गठन गरेको हो ।

समितिको उपाध्यक्षहरूमा चन्देश्वर सदा, रमेश सिके नेपाली, सुनिता देवी मोची, सावित्रा विश्वकर्मा, भीम विश्वकर्मा र नरभान पार्की रहेका छन् ।

भेलाले सङ्गठनको मुख्यसचिवमा प्रदीप घताललाई चयन गरेको छ भने सचिवमा बालकुमार मुदेल, देवनाथ पासवान, राजेशकुमार दास, रामप्रित महरा, किरण देवी दास र कोषाध्यक्षमा कृष्णकुमारी तामाङ दास चयन भएका छन् ।

प्रतिक्रिया दिनुहोस्