Logo
Logo

बैतडीको एक घरमा आगलागी, ५ लाखको क्षति



बैतडी । बैतडीको डिलाशैनी गाउँपालिकाको एक घरमा आगलागी हुँदा ५ लाख रुपैयाँ बराबरको क्षति भएको छ । डिलाशैनी गाउँपालिका–६ थलालगाउँका पुष्कर थलालको घरमा हिजो साँझ विद्युतको तार सर्ट भइ आगलागी भएको हो ।

थलालको दुई तले चारकोठे कच्ची घरमा आगलागी हुँदा नगद १ लाख ५० हजार रुपैयाँका साथै १ तोला आठ आना सुन जलेर नष्ट भएको छ । यस्तै घरभित्र रहेका ३५ हजार बराबरका कपडा जलेका छन् भने खाद्यान्न सामग्री समेत जलेर नष्ट भएको छ ।

आगलागीबाट मानवीय क्षति नभए पनि घरको माथिल्लो तला जलेर पूर्ण रुपमा नष्ट भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता निरीक्षक खेमविक्रम केसीले बताए ।

प्रतिक्रिया दिनुहोस्