Logo
Logo
राष्ट्रियसभा सदस्य निर्वाचन

गठबन्धनमा मिल्यो भागबन्डा, कुन दललाई कति ?



काठमाडौं । राष्ट्रिय सभा निर्वाचनका लागि सत्ता गठबन्धनले भागबन्डा टुंग्याएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बिहान बसेको बैठकले गठबन्धनमा आबद्ध ४ दलले पाउने भागबण्डा टुंगो लगाएको हो ।

जसमा कुल १९ सिटमध्ये कांग्रेसले सबैभन्दा बढी १० सिट पाएको छ भने माओवादी केन्द्रले ६, एकीकृत समाजवादीले २ र जसपाले १ सिट पाएको छ ।

बैठकपछि कांग्रेस नेता रमेश लेखकले गठबन्धनमा भागबन्डा टुंगिएको जानकारी दिँदै पार्टीहरूको आन्तरिक बैठक बसेर अब उम्मेदवार टुंगो लगाउने बताए ।

उनका अनुसार कांग्रेसले कोशी प्रदेशमा १, मधेसमा १, बागमतीमा २, गण्डकीमा २ र सुदूरपश्चिममा २ सिट पाउने भएको छ । यस्तै कर्णाली र लुम्बिनीमा कांग्रेसले थप १–१ सिट पाउने सहमति भएको छ ।

यस्तै माओवादीले कोशीमा १, बागमतीमा १, गण्डकीमा १, लुम्बिनीमा १, कर्णालीमा १ र सुदूरपश्चिममा १ सिट पाउने सहमति भएको छ ।

एकीकृत समाजवादी बागमती र कर्णालीमा १–१ सिट पाएको छ भने जसपाले एक सिटमा मधेसबाट उम्मेदवार खडा गर्नेछ । नेताहरुका अनुसार उम्मेदवारको क्लस्टरबारे पनि दलहरुबीच करिब करिब सहमति जुटिसकेको छ । गठबन्धनमा जनमोर्चा र जनमत पार्टीले समेत सिट दाबी गरेका थिए । तर, उनीहरुलाई छुट्याइएको छैन ।

प्रतिक्रिया दिनुहोस्