Logo
Logo

बज्राचार्य पुनः प्रभु इन्स्योरेन्सको सीईओ नियुक्त



काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सञ्चित बज्राचार्य पुनः नियुक्त भएका छन् । २०८० माघ १ गतेदेखि लागु हुने गरी ४ वर्षको लागि कम्पनीले उनलाई पुनः सीईओमा नियुक्त गरेको हो ।

बज्राचार्य यसअघि पनि सोही कम्पनीका कार्यकारी प्रमुख रहेका थिए । तर नयाँ बीमा ऐन जारी भएपछि प्रभु इन्स्योरेन्समा यो उनको पहिलो नियुक्त हो ।

बज्राचार्यसँग बीमा क्षेत्रकोे करिब दुई दशकको कार्यानुभव छ । त्यसअघि उनी विभिन्न सरकारी तथा गैरसरकारी संघ÷संस्थाहरुमा १० वर्षभन्दा बढीको कार्यानुभव लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्