Logo
Logo

दुर्गा पौडेल राष्ट्रपतिबाट राष्ट्रियसभा सदस्य मनोनित हुने



काठमाडौं । सत्ता गठबन्धन दलबिच राष्ट्रियसभा सदस्य निर्वाचनका लागि भागबन्डा मिलेको छ । भागबन्डा मिलेसँगै राष्ट्रिय जनमोर्चाको भागमा मनोनीत सदस्य परेको छ । 

राष्ट्रपतिबाट मनोनीत एकसहित राष्ट्रियसभा २० सदस्यको पदावधि फागुन २० मा सकिँदै छ । १९ सिटका लागि गठबन्धनले सहमति जुटाइसकेको छ । बाँकी रहेको राष्ट्रपतिबाट मनोनीत हुने एक सदस्य पनि भागबन्डा भएको छ । जुन भाग जनमोर्चालाई परेको हो । 

राष्ट्रपतिबाट मनोनीत सिटमा राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेललाई मनोनीत गर्ने गठबन्धन दलमा सहमति भएको हो । 

गठबन्धन दलबिच सहमति हुँदा कांग्रेसले १०, माओवादी ६, एकीकृत समाजवादीले २ र जनता समाजवादीले एक सिट पाउने भएको छ । यद्यपि,  एकीकृत समाजवादीले ३ सिट पाउनुपर्ने अडान राख्दै आएको छ । 

रिक्त राष्ट्रियसभा सदस्य पदपूर्तिका लागि हुने निर्वाचनका लागि २३ पुसमा उम्मेदवारी दर्ता र ११ माघमा निर्वाचन मिति तोकिएको छ ।

पौडेल गत वर्ष सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा प्युठान १ बाट उम्मेदवार थिए । तर, नेकपा एमालेका सूर्य थापासँग पराजित उनी यसपटक राष्ट्रपतिबाट मनोनित भएर राष्ट्रियसभा सदस्य बन्न लागेका हुन् ।

प्रतिक्रिया दिनुहोस्