Logo
Logo

माओवादीले टुङ्यायो राष्ट्रियसभाका उम्मेदवारको नाम



काठमाडौं । नेकपा माओवादी केन्द्रले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि ६ जना उम्मेदवारको नाम टुंगो लगाएको छ।

गठबन्धन दलबिच भागबन्डा हुँदा माओवादीको भागमा ६ सिट परेको थियो । सोही आधारमा माओवादीले उम्मेदवारका रुपमा ६ जनाको नाम टुंगो लगाएको हो ।

माओवादीले कोशीबाट चम्पादेवी कार्की, बागमतीबाट श्रीकृष्ण अधिकारी, गण्डकीबाट मनरुपा शर्मा, कर्णालीबाट विष्णु विक, लुम्बिनीबाट झक्कु सुवेदी र सुदूरपश्चिमबाट रेणु चन्दको नाम राष्ट्रियसभा सदस्यको उम्मेदवारका लागि नाम टुंगो लगाएको हो ।

माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सोमबार उम्मेदवारी मनोनयन दर्ता हुँदै छ ।ख

प्रतिक्रिया दिनुहोस्