Logo
Logo

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर



काठमाडौं । नेपाल राष्ट्र बैंकले आज सोमबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ  ।  जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३२ रूपैयाँ ७५ पैसा र बिक्रीदर १३३ रूपैयाँ ३५ पैसा कायम गरिएको छ  ।

युरो एकको खरिदमा १४५ रूपैयाँ २६ पैसा र बिक्रीमा १४५ रूपैयाँ ९१ पैसा तोकिएको छ । त्यस्तै, बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १६८ रूपैयाँ ८३ पैसा र बिक्रीदर १६९ रूपैयाँ ५९ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर भने ८९ रूपैयाँ १३ पैसा र बिक्रीदर ८९ रूपैयाँ ५३ पैसा र क्यानेडियन डलरको १ खरिददर भने ९९ रूपैयाँ ३३ पैसा र बिक्रीमा ९९ रूपैयाँ ७८ पैसा कायम गरिएको छ ।

जापानी येन १० को खरिददर ९ रूपैयाँ ९८ पैसा कायम हुदाँ बिक्री दर भने ९ रूपैयाँ २२ पैसा रहेको छ भने चाइनिज युआन १ खरिददर १८ रूपैयाँ ५९ पैसा तथा बिक्री दर १८ रूपैयाँ ६७ पैसा तथा दक्षिण कोरिया वन १०० को खरिददर १० रूपैयाँ ९ पैसा तथा बिक्री दर १० रूपैयाँ १४ पैसा तोकिएको छ । 

कतारी रियाल एकको खरिदमूल्य ३६ रूपैयाँ ४२ पैसा र बिक्रीमूल्य ३६ रूपैयाँ ५९ पैसा कायम गरेको राष्ट्र बैंकले साउदी अरेबियन रियाल १ खरिददर ३५ रूपैयाँ ४० पैसा र बिक्रीमूल्य ३५ रूपैयाँ ५६ पैसा, युएई दिराम एकको खरिददर ३६ रूपैयाँ १४ पैसा र बिक्रीदर ३६ रूपैयाँ ३१ पैसा तथा मलेसियन रिंगिट एकको खरिददर आइतबार २८ रूपैयाँ ५२ पैसा र बिक्रीदर २८ रूपैयाँ ६५ पैसा कायम गरेको छ ।

 साथै, कुवेती दिनार एकको खरिददर ४३१ रूपैयाँ ७१ पैसा र बिक्रीदर ४३३ रूपैयाँ ६६ पैसा र बहराइन दिनार एकको खरिददर ३५२ रूपैयाँ १० पैसा र बिक्रीदर ३५३ रूपैयाँ ६९ पैसा तोकिएको छ । यता भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ हुदाँ बिक्री दर १६०.१५ पैसा कायम गरिएको राष्ट्र बैंकले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्