
काठमाडौं । नेकपा (माओवादी केन्द्र) की नेतृ चम्पा कार्कीले राष्ट्रियसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएकी छन् ।
सोमबार विराटनगरस्थित निर्वाचन अधिकृतको कार्यालय पुगेर कार्कीले कोशी प्रदेशबाट राष्ट्रियसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएकी हुन् ।
कार्कीलाई माओवादी केन्द्रले आइतबार राष्ट्रियसभा सदस्यका लागि उम्मेदवार छनोट गरेको थियो । उनी ओखलढुंगाकी हुन् ।














