Logo
Logo

नेपाल-भारतमैत्री बस सेवा सुरु


2k
Shares

प्युठान । प्युठानको प्युठान बसपार्क टिकुरीदेखि भारतको राजधानी नयाँदिल्लीसम्म आजदेखि नेपाल नेपाल–भारतमैत्री बस सेवा सुरु भएको छ ।

लुम्बिनी प्रदेश सरकारका उद्योग तथा यातायातमन्त्री सरोज थापाले सेवाको आज यहाँ आयोजित एक कार्यक्रममा सेवाको उद्घाटन गरे । त्यस अवसरमा मन्त्री थापाले यातायात क्षेत्रको व्यवस्थापनलाई सरकारले प्राथमिकतामा राखेको जानकारी दिए ।

निजी क्षेत्रको स्वर्गद्वारी गौमुखी यातायात सेवाले दैनिक प्युठान–नयाँ दिल्ली बस सेवा सञ्चालन गरेको अध्यक्ष सुनील बस्नेतले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्