Logo
Logo

जसपाले बोलायो केन्द्रीय राजनीतिक समितिको बैठक



काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले केन्द्रीय राजनीतिक समितिको बैठक बोलाएको छ । भोलि देखि सुरु हुने दुई दिने बैठक ललितपुरको ज्यापु प्रज्ञा भवनमा बिहान ११ बजेको लागि बोलाइएको छ ।

बैठकमा राजनीतिक एवम् संगठनात्मक प्रतिवेदन प्रस्तुत हुने प्रचारविभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए । त्यसैगरी पार्टीको आगामी महाधिवेशनको सम्बन्धमा र आ आफ्नो सक्रियतामा भएका पार्टी कार्यहरुको प्रगति विवरण प्रतिवेदन प्रस्तुत हुने छ ।

प्रतिक्रिया दिनुहोस्