Logo
Logo

हुस्सुले बाटो नदेख्दा दुई मोटरसाइकल ठोक्किए, दुबै चालकको मृत्यु



काठमाडौं । बाक्लो हुस्सु लागेका कारण विपरीत दिशाबाट आएका दुई मोटरसाइकल आपसमा ठोक्किएर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।

तीव्र गतिमा रहेका चालकले एकअर्कालाई नदेख्दा महोत्तरीको बर्दिबास–जलेश्वर सडक खन्ड औरहीमा भएको दुर्घटनामा दुवै मोटरसाइकल चालकको मृत्यु भएको हो । पछाडि सवार दुई जना गम्भीर घाइते भएको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ ।

मृत्यु हुनेमा ३० वर्षीय मुकेश चमार र भंगहा नगरपालिका–३ का ३२ वर्षीय धर्मेन्द्र महतो रहेका छन् । दुर्घटनामा परेर गम्भीर घाइते भएका दुवै जनालाई उपचारका लागि बर्दिबासस्थित शुभस्वस्तिक अस्पताल पुर्याइएपनि केहीबेरमै उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्