Logo
Logo

औद्योगिक बोर्डको बैठक बस्दै


378
Shares

काठमाडौं । औद्योगिक प्रबद्र्धन बोर्डको बैठक आज बस्दैछ । उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजाल नियुक्त भएपवछि दोस्रो पटक आज बोर्डको बैठक बस्न लागेको हो ।

लामो समय बोर्डको बैठक बस्न नसक्दा दर्जनौं एजेन्डाको निर्णयको पर्खाइमा छन् । तर, बैठकमा आधा दर्जन सूर्ति उद्योगहरुको क्षमता र पूँजीबृद्धि लगायत सेटिङको प्रस्ताव मात्रै लैजाने तयारी भएको छ ।

यता आजको बैठकमा बोर्डका सदस्य एवं अर्थसचिव कृष्णहरि पुस्कर कर्ण अनुपस्थित हुने भएका छन् । आकस्मिक मन्त्रिपरिषदको बैठकबाहेक नियमित बैठकको एजेन्डा र सूचना मन्त्रीहरुलाई कम्तीमा ४८ घन्टाअगाडि नै उपलब्ध गराइन्छ ।

तर मिनी क्याविनेटको रुपमा रहेको औद्योगिक प्रर्बद्धन बोर्ड बैठकको सूचना भने २४ घन्टाअघि मात्र दिएपछि सचिव कृष्णहरी उपस्थित हुने सम्भावना कम रहेको उनी निकट स्रोतले जानकारी दियो ।

प्रतिक्रिया दिनुहोस्