Logo
Logo

सभामुख र आयरल्याण्डको माथिल्लो सभाध्यक्षबीच भेटवार्ता


378
Shares

काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र आयरल्याण्डको माथिल्लो सभा शाअनड एरेनका अध्यक्ष जेरि बट्टिमरबीच भेटवार्ता भएको छ ।

पाँच दिने औपचारिक भ्रमणमा नेपाल आएका अध्यक्ष बट्टिमरले सिंहदरबार पुगेर सभामुख घिमिरेसँग भेटवार्ता गगरेका हुन् । भेटमा दुई देशबीचको आपसी सम्बन्ध, संसदीय सहयोग र अभ्यासबारे छलफल भएको संघीय संसदका कार्यबाहक महासचिव पद्यप्रसाद पाण्डेयले जानकारी दिए ।

त्यसैगरी यसअघि सभामुख घिमिरेले आयरल्याण्ड भ्रमणका अवसरमा त्यहाँ उठाएका विषयहरु जस्तो नेपाल र आयरल्याण्डबीच संसदीय सहयोग, नेपाली विद्यार्थीलाई आयरल्याण्डमा छात्रवृतिको व्यवस्था र बेलायतको भिषा लिएका नेपालीलाई आयरल्याण्डको भिषा नलिएपनि त्यहाँको भ्रमण गर्न दिइनुपर्ने विषयमा सभामुखले कुरा राखेको उनले बताए ।

त्यस्तै नेपाल र आयरल्याण्डबीच संसदीय अभ्यासहरु आदानप्रदान गर्न नेपालका सांसदहरु आयरल्याण्ड जाने र आयरल्याण्डका सांसदहरु पनि नेपाल भ्रमणमा आउनुपर्नेमा सभामुख घिमिरेले जोड दिएको कार्यबाहक महासचिव पाण्डेयले बताए । सभामुख घिमिरे र अध्यक्ष बट्टिमरबीच नेपालको शान्ति प्रक्रिया, मानव अधिकार लगायतका विषयमा पनि छलफल भएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्