Logo
Logo

कुलमानको अडानः डेडिकेटेडको महसुल उठाएरै छाड्छौं


1.4k
Shares

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले डेडिकेटेड र ट्रंक लाइनको विद्युत् महसुलको पैसा उठाएरै छाड्ने बताएका छन् । 

संसद्को भौतिक पूर्वाधार समितिमा मंगलबार बोल्दै उनले केही उद्योगहरूको टीओडी (टाइम अफ डेट)को डेटा हराएको हराएपनि महसुल उठाएरै छाड्ने अडान दोहोर्याएका हुन् ।

उनले भने,  ‘टीओडीको डेटामा २० घण्टाभन्दा बढी लिएको छ कि छैन भन्ने देखिन्छ । त्यो भेरिफाइ गर्नलाई टीओडी हुनसक्छ । धेरै मिटरहरुको टीओडीको डाटा पनि हामीले डाउनलोड गरेर राखेका छौं । कतिपयको मिसप्लेस भएको हुनसक्छ ।’

सबस्टेसनमा हुने लगसिटबाट प्रमाणित गराएर पनि महसुल लिइने उनले बताए । उद्योगी र प्राधिकरणबीच कति युनिट विद्युत् खपत भयो भन्ने विषयमा विवाद भइरहेको छ । तर, कुलमान घिसिङले भने कति युनिट विद्युत् खपत गरेको तथ्यांक भएकाले त्यसकै आधारमा बिलिङ गरेको बताए ।

उनले भने, ‘युनिट हामीसँग छ । किनभने उहाँहरूले नियमित बिल भुक्तानी गर्नुभएको छ । हरेक महिनाको युनिट हाम्रो एम पावर भन्ने सफ्टवेयर छ, त्यसमा रेकर्डेड छ, युनिटमा डेडिकेटेडको सरचार्ज जोडेर गरेको बिल हो ।’

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000