Logo
Logo

सीआईबी कार्यालय पुगे बम्जनका समर्थक


3.5k
Shares

काठमाडौं । केन्द्रीय प्रहरी अनुसन्धान ब्युरो (सीआईबी)ले पक्राउ गरेको तपस्वी रामबहादुर बम्जनका समर्थक सीआईबीको महाराजगन्जस्थित कार्यालयमा भेला भएका छन् । करिब ४०–५० जनाको संख्यामा उनका समर्थकहरु सीआईबीको कार्यालयबाहिर भेला भएका हुन् ।

तर, बम्जनका समर्थकलाई प्रहरीले भित्र प्रवेश दिएको छैन । उनीहरु बाहिरै बसिरहेका छन् । पूर्वराज्यमन्त्रीसमेत रहेकी यशोदा लामाले भने बम्जनसँग भेट गरेकी छन् । बुधबार बिहान सीआईबी पुगेर उनले बम्जनसँग भेट गरेकी हुन् ।

ब्युरोले आफूलाई लिटिल बुद्धको रुपमा चिनाउने गरेका बम्जन मंगलबार काठडमाडौंबाट पक्राउ गरेको थियो । त्यसबारे प्रहरीले जानकारी गराउन पत्रकार सम्मेलन गर्दैछ । ब्यूरोका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी उपरीक्षक नवराज अधिकारीले बुधबार दिउँसो महाराजगञ्जस्थित ब्यूरोकै कार्यालयमा पत्रकार भेटघाट कार्यक्रम राखिएको जानकारी दिए ।

बम्जनलाई सीआईबीको टोलीले मंगलबार हात्तीगौडाबाट पक्राउ गरेको थियो । उनीविरुद्ध आनीसहित चार जनालाई बेपत्ता बनाएको, बलात्कार गरेको र हत्या गरेको आरोपमा विभिन्न जिल्लामा मुद्दा दर्ता भएको छ ।

प्रतिक्रिया दिनुहोस्