Logo
Logo

डा. विशद दाहालको निलम्बन फिर्ता


693
Shares

काठमाडौं । केएमसी अस्पतालले आवासीय चिकित्सक विशद दाहालमाथिको निलम्बन फिर्ता लिएको छ । बुधबार बिहान आन्दोलनरत आवासीय चिकित्सकको टोलीसँगको वार्तापछि अस्पताल प्रशासन निलम्बन फिर्ता लिन सहमत भएको हो ।

काठमाडौं विश्वविद्यालयको रोहबरमा भएको छलफलबाट अस्पताल प्रशासन निलम्बन फिर्ता लिन तयार भएको डा. दाहालले जानकारी दिए । उद्यपी उनले हस्ताक्षर हुन बाँकी रहेको उनले बताए ।

मंगलबार शिक्षा मन्त्रालयले दाहालमाथिको निलम्बन तत्काल फिर्ता गर्न काठमाडौं विश्वविद्यालयमार्फत केएमसीलाई निर्देशन दिएको थियो । त्यसलगत्तै आज बालकुमारीस्थित केयूको कार्यालयमा छलफल भएको थियो ।

छलफलमा आन्दोलनरत आवासीय चिकित्सकको टोली र अस्पतालबीच निलम्बन फिर्ता लिने, कार्यविधि बनेपछि मात्र हेल्थ क्याम्प सञ्चालन गर्ने र त्यतिञ्जेललाई न्यून संख्यामा मात्र आवासीय चिकित्सकलाई क्याम्पमा खटाउने सहमति भएको छ । डा. दाहाल दुई सातादेखि अस्पतालले कानुनविपरीत आफूलाई निलम्बन गरेको भन्दै आन्दोलनरत थिए ।

प्रतिक्रिया दिनुहोस्