Logo
Logo

कोशी प्रदेशसभाको चौथो अधिवेशन अन्त्य


567
Shares

काठमाडौं । कोशी प्रदेश सभाको चौथो अधिवेशन अन्त्य भएको छ । प्रदेश प्रमुख प्रशुराम खापुङले कोशी प्रदेश मन्त्रिपरिषद्को निर्णयअनुसार चालू चौथो तथा हिउँदे अधिवेशन अन्त्य गरेका हुन् ।

२५ पुस (बुधबार) मध्यराति १२ बजेदेखि लागू हुने गरी कोशी प्रदेशसभाको चौथो अधिवेशन अन्त्य भएको प्रदेश प्रमुखद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । अधिवेशन अन्त्यअघि मंगलबार प्रदेशसभाको सभामुख चयन गरिएको थियो । राप्रपाका अम्बरबहादुर विष्ट सभामुख बनेका छन् ।

गत ६ साउनमा तत्कालिन सभामुख बाबुराम गौतमले राजीनामा दिएपछि रिक्त रहेको सभामुखको निर्वाचन मंगलबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्