काठमाडौं । राष्ट्रियसभा सदस्यका लागि मनोनयन दर्ता गराएका उम्मेदवारको नामावली आज प्रकाशित हुने भएको छ । राष्ट्रियसभाका १९ सिटका लागि सोमबार सात प्रदेशबाट ५२ जनाले मनोनयन दर्ता गराएका थिए ।
उजुरीको जाँचबुझ सकिने भएकाले उम्मेदवारको नामावली आज प्रकाशन गर्ने निर्वाचन तालिका रहेको निर्वाचन आयोगले जनाएको छ । पुस २७ गते शुक्रबार नाम फिर्ता लिन चाहने उम्मेदवारको नाम फिर्ता लिनसक्नेछन् । त्यसपछि सोही दिन उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ ।

उम्मेदवारलाई निर्वाचन चिह्न पुस २८ प्रदान गरिने छ । यस निर्वाचनमा सात प्रदेशमा एक÷एक मतदानस्थल र दुई÷दुई मतदान केन्द्र कायम गरिएको छ ।
मतदान माघ ११ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म हुनेछ । यस निर्वाचनमा विभिन्न प्रदेश र क्षेत्रबाट महिला, दलित, अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यक र अन्य समुदायबाट सदस्य निर्वाचित हुनेछ ।














