Logo
Logo

टीआरसी विधेयक टुंग्याउन एमाले बाधक बन्यो भन्ने गलत प्रचार नगर्नुस् : बर्तौला


441
Shares

काठमाडौं । नेकपा एमालेका सचेतक महेशकुमार बर्तौलाले एमालेले टीआरसी विधेयक टुंग्याउन दिएन भनेर गलत प्रचार नगर्न आग्रह गरेका छन् ।

बिहीवार सिंहदरबारमा बसेको कानून, न्याय तथा मानवअधिकार समितिको बैठकमा बोल्दै उनले संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकहरु एमालेले टुंग्याउन दिएन भनेर गलत प्रचार नगर्न आग्रह गरेका हुन् ।

उनले नेकपा एमालेले पीडितका आवाजहरु र बाहिर जनताका आवाजहरु बोलेकाले ती आवाजलाई पनि सुनेर अघि बढ्न सुझाव दिए । उनले भने– ‘यी विषयहरु हामी सहमतिमै टुंग्याउन सक्छौँ । यदि भएन भने बिल निर्माणको आफ्नो प्रक्रिया छ । बिल निर्माणको आफ्नो प्रक्रियामा हाम्रा भनाइहरु रहन्छन् ।’

उनले एमालेले असहमति जनाएका कुराहरुलाई लिएर सरकारले एमालेले काम गर्न दिएन भन्ने गलत प्रचार गरेको आरोप लगाउँदै सरकारले विधेयकहरु प्रक्रियागत रुपबाट अघि बढाउन सक्ने बताए । उनले विधेयक निर्माण गर्दा टाउकोको मूल्य तोक्ने र तोकिनेहरु मिलेर विधेयक आफू अनुकुलको बनाए भन्ने सन्देश बाहिर जान नदिनका लागि एमाले सचेत रहेको बताए । उनले टिआरसीसँग सम्बन्धित विधेयक सहमतिबाटै टुंग्याउन आवश्यक रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्