Logo
Logo

पहिचान खुलाउनेविरुद्ध गौशाला-२६ ले दिए उजुरी, जापानमा रहेका दिवसलाई नेपाल झिकाउलान् ? 


47.1k
Shares

काठमाडौं । बलात्कारी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेबाट पीडित भएकी युवती ‘गौशाला २६’ भन्दै सामाजिक सञ्जालमा पहिचान खुलाउनेविरुद्ध उजुरी दिएका छन् । 

गौशाला २६ को पहिचान खुलाउने प्रयास गरेको भन्दै एक जाहेरी परेपछि त्यसरी तस्वीरहरू राख्नेहरूका खोजी भइरहेको प्रहरी स्रोतले जनाएको छ । 

केही दिनयता सामाजिक सञ्जाल फेसबुकमा सन्दीप लामिछानेविरुद्ध बलात्कार मुद्दा दायर गर्ने ‘गौशाला–२६ यिनै हुन्’ भनेर एक किशोरीको फोटो भाइरल भइरहेको छ ।

अदालतले गोप्य राखेको नाम र पहिचानलाई सामाजिक सञ्जालमा सार्वजनिक गर्न पाइँदैन । पीडितको सुरक्षाका लागि उसको नाम गोप्य राखिन्छ । यसरी अदालतले गोप्य राखेको व्यक्तिको नाम र पहिचान सार्वजनिक गरेमा मुद्दा चल्न सक्छ ।

यसरी गोप्य राख्नुपर्ने व्यक्तिको फोटो सार्वजनिक गर्न थालेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो एक कार्यकर्तालाई कारबाही  नै  गरेको छ । 

गौशाला २६ को पहिचान खुलाएको भन्दै रस्वपाले प्रवास नेपाली सम्पर्क विभाग जापान च्युबू शाखा समितिका सदस्य दिवस सापकोटा निलम्बन गरेको हो । 

पीडितले साइबरमा उजुरी दिएपछि सापकोटालाई नेपाल झिकाउलान् ? भन्ने चासोको विषय बनेको छ । उजुरीमाथि र  सापकोटाले गरेको कामबारे अध्ययन गरी जापान प्रहरीको समन्वयमा उनलाई नेपाल झिकाउन सक्ने प्रहरी स्रोत बताउँछ । 

प्रतिक्रिया दिनुहोस्