Logo
Logo

सुजन रावतको परिवारलाई गाउँपालिकाले दियो ५० हजार


567
Shares

दैलेख । बालकुमारी घटनामा ज्यान गुमाएका सुजन रावतको परिवारलाई दैलेखको महाबु गाउँपालिकाले ५० हजार रुपैयाँ सहयोग गरेको छ ।

पालिकावासीको पीडामा आर्थिक सहयोग गरेको गाउँपालिकाकी कार्यवाहक अध्यक्ष मञ्जुकुमारी पाण्डेले बताइन् । सुजनको परिवारलाई यसअघि सङ्घ सरकारले १० लाख र प्रदेश सरकारले दुई लाख रुपैयाँ राहत सहयोग प्रदान गर्ने निर्णय गरेको थियो ।

गएको पुस १३ गते ललितपुरको बालकुमारीमा ईपीएस कोरियाको परीक्षा फारम भर्ने विषयमा प्रहरी र आवेदन दिन पुगेकाहरूबीच झडप हुँदा दैलेखका सुदन र अछामका वीरेन्द्र शाहको ज्यान गएको थियो ।

मृतकका परिवार र सरकार पक्षबीच पुस १७ गते चार बुँदे सहमति भएको थियो । साह र राउतलाई सरकारले सहिद घोषणा गर्ने, परिवारका एक सदस्यलाई रोजगारी दिने लगायतका निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्