Logo
Logo

मित्रमिलन सहकारीका लेखा संयोजक पक्राउ


504
Shares

पोखरा । पोखरास्थित मित्रमिलन सहकारीका लेखा समिति संयोजक सूर्यबहादुर अधिकारी पक्राउ परेका छन् । सहकारीको रकम अपचलन गरेको आरोपमा फरार रहेका अधिकारीलाई कास्की प्रहरीले आज घरबाटै पक्राउ गरेको हो ।

रकम अपचलन भएको र बचत फिर्ता नभएको आरोपसहित बचतकर्ताले प्रहरीमा उजुरी दिएका थिए । त्यसपछि प्रहरीले अनुसन्धान थालेकोमा करिब २७ करोड अपचलन भएको रिपोर्ट प्रहरीले सरकारी वकिलको कार्यालयमा बुझाएको थियो ।

सोही आधारमा अदालतमा मुद्दा दर्ता भएको छ । ठगी आरोपमा अध्यक्ष रमण पौडेल र व्यवस्थापक किरण अधिकारीसहित सदस्यहरू गोपाल खनाल, सल्लाहकार राजु बराल र सेयर सदस्य बुद्धिसागर पौडेल पुर्पक्षका लागि थुनामा छन् ।

सहकारीको कार्यक्षेत्र विस्तारका लागि सहकारीबाट १ करोड ५ लाख घुस लिएको आरोपमा तत्कालीन सहकारी रजिष्ट्रार तथा कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उदयबहादुर पराजुलीलाई पनि पुर्पक्षका लागि थुनामा पठाइएको छ ।

सहकारी ठगीमा पक्राउ पुर्जी जारी भएका पोखरा २१ का वडाध्यक्ष दीपक सुवेदीसहित केही पत्रकार र कानुन व्यवसायीहरु फरार छन् ।

प्रतिक्रिया दिनुहोस्