Logo
Logo

भृकुटीमण्डपमा राप्रपाको चियापान कार्यक्रम


441
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा आज भृकुटीमण्डपमा शुभकामना आदानप्रदान तथा चियापान गर्दैछ ।

चियापान समारोहमा प्रधानमन्त्री, मन्त्रीहरु, विभिन्न राजनीतिक दलका नेता, कूटनीतिक तथा संवैधानिक निकायका प्रतिनिधि, धार्मिक संघसङ्गठन, उद्योगी, व्यवसायी, विभिन्न पेशाकर्मी, बुद्धिजीवीलगायत ८ हजारलाई निमन्त्रणा गरिएको प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए ।

चियापान समारोहअघि सिंहदरबारस्थित शालिकमा माल्यार्पण कार्यक्रम गर्ने कार्यक्रम छ । भृकुटीमण्डपमा भेला भई अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा भद्रकाली हककुदै सिंहदरबार अगाडि रहेको पृथ्वी शालिकसम्म -याली र शालिकमा माल्यार्पण गरिने प्रवक्ता श्रेष्ठले जानकारी दिए । राप्रपाले गरेको कविता प्रतियोगिताको पुरस्कार पनि आजै वितरण गर्नेछ ।

प्रतियोगितामा रूकुम पश्चिमका उमेश पुन मगरको कविता ‘देशभित्र देखेको देश’प्रथम भएको छ। कपिलवस्तुका सुभाष खनालको ‘पृथ्वीनारायण’ दोस्रो, संखुवासभाका सिजन श्रेष्ठको कविता ‘पृथ्वी यात्रामा पृथ्वी’ तृतीय भएको छ । प्रथम हुनेलाई १ लाख, द्वीतीय हुनेलाई ५० हजार र तृतीयलाई २५ हजार पुरस्कारस्वरूप पाउनेछन् । चौथो, पाँचौं र छैटौं हुनेलाई प्रोत्साहनस्वरूप १०÷१० हजार पुरस्कार दिने राप्रपा प्रवक्ता श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहोस्