Logo
Logo

नागरिक कर्तव्यलाई केन्द्रमा राखेर अगाडि जान सकेमात्र समाज परिवर्तन सहज हुन्छ: आईजीपी



काठमाडौं । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले सकारात्मक मनोवृत्तिका साथ नागरिक कर्तव्यलाई केन्द्रविन्दुमा राखेर अगाडि जान सकेमात्र समाज परिवर्तन सहज हुने बताएका छन् ।

‘म बद्लिन्छु अनि मेरो देश बद्लिन्छ’ भन्ने नाराका साथ काठमाडौं फोहोर सङ्कलन दौड अभियानका क्रममा शुक्रबार नक्सालमा आयोजित समारोहलाई सम्वोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले सो बताएका हुन् ।

प्रहरी महानिरीक्षक कुँवरले यस अभियानले स्वभाविक रूपमा समाजमा एक किसिमको चेतना फैलाउने चर्चा गर्दै समाज रूपान्तरणका लागि हरेक नागरिकले आफ्नो जिम्मेवारी पूरा गर्ने हकमा महत्वपूर्ण काम गर्ने विश्वास व्यक्त गरे ।

अधिकार र कर्तव्यको कुरालाई सँगसँगै लिएर जान नसेकेको कारणले सबै किसिमको समस्या आउने गरेकोले युवा वर्गले त्यसप्रति विशेष चासो दिनुपर्नेमा उनले जोड दिए ।

प्रतिक्रिया दिनुहोस्