धनगढी । नागरिक उन्मुक्ति पार्टीको महासचिवमा दुई जना चयन भएका छन् । टीकापुरमा जारी प्रथम महाधिवेशनले पार्टीको विधान संशोधन गरेर दुई जनालाई सर्वसम्मत महासचिव घोषणा गरेको हो ।
महासचिवमा कैलालीका गंगाराम थारु र लुम्बिनीका धर्मबहादुर चौधरीलाई निर्वाचित भएको घोषणा गरिएको छ । पार्टीको उपाध्यक्षमा सर्वसम्मत भएका रतन थापाले विधान संशोधन गर्नेगरी दुवै जनालाई महासचिव चयन गरिएको बताए ।

थापाले उपाध्यक्षमा पनि सहमतिको प्रयास जारी रहेकोले आज टुंगो लागेपछि बैठक बसेर विधान संशोधन गरिने बताए । योसँगै अध्यक्षसहितका २७ जना पदाधिकारी र २४५ केन्द्रीय सदस्य सर्वसम्मत चयन भएका छन् । निर्वाचन समितिले उनीहरुलाई शुक्रबार राति प्रमाणपत्र वितरण गरिसकेको छ ।











