Logo
Logo
राष्ट्रियसभा निर्वाचन

जनमतले उठायो गठबन्धनविरुद्ध उम्मेदवार


756
Shares

काठमाडौं । जनमत पार्टीले राष्ट्रियसभा निर्वाचनमा सत्ता गठबन्धनविरुद्ध उम्मेदवार उठाएको छ । सत्ता गठबन्धनप्रति असन्तुष्ट जनाउँदै आएको जनमतले मधेश प्रदेशमा रामशंकर महासेठ र लुम्बिनी प्रदेशमा बालगोविन्द चौधरी थारुलाई उम्मेदवार बनाएको छ ।

यही माघ ११ गते हुने निर्वाचनमा आफ्ना उम्मेदवारलाई विजयी गराउन पनि जनमतले विज्ञप्तिमार्फत अपिल गरेको छ । यी दुई उम्मेदवार बाहेकका ठाउँमा माओवादी केन्द्र नेतृत्वका गठबन्धनका उम्मेदवारलाई समर्थन रहेको पनि जनमतले जनाएको छ ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000