काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संविधान कार्यान्वयन नहुँदा जनतामा निराशा बढेको बताएका छन् । माघीको अवसरमा प्रधानमन्त्रीसहित दलका नेतालाई आज शीतल निवासमा बोलाएर उनले छलफल गरेका छन् । सो क्रममा संविधान कार्यान्वयन नहुँदा जनतामा निराशा बढेको बताएका हुन् ।
‘मैले यहाँ आएर धेरै विदेशीसँग पनि कुराकानी गरेको छु । यति अधिकार दक्षिण एसियाका मुलुकको तुलनामा कम होला । यतिधेरै जनताले अधिकार पाएको संविधानलाई सबैले प्रशंसा गरेका छन्’ राष्ट्रपति पौडेलले भने, ‘यसलाई व्यवहारमा ल्याउनुप¥यो । संविधानले जनतालाई जे अधिकार दिएको छ, त्यो सार्थक हुनुप¥यो । त्यसका लागि कानून बनाउनुपर्ने छ ।’

संविधानले परिकल्पना गरेका विषयलाई कानूनद्वारा व्यवस्थित गर्न आवश्यक रहेको उनले बताए । राष्ट्रपतिले भने, ‘त्यो कानून निर्माण छिटोभन्दा छिटो गर्नुपर्छ । संविधान कार्यान्वयमा जाऔँ । जनताको निराशामा आशामा परिणत गरौँ ।’














