Logo
Logo

नेपाली नागरिकता परित्याग गर्नेहरूको अवैध सम्पत्ति कब्जा गर्ने आइटी आर्मीको घोषणा


2.5k
Shares

काठमाडौं । आम जनता पार्टी (आजपा) निकटको आइटी आर्मीको तेस्रो राष्ट्रिय भेलाबाट अध्यक्षमा चन्द्र भूषण साह निर्वाचित भएका छन् । आजपाको प्रवक्ता समेत रहेका साहको नेतृत्वमा १ सय १ सदस्यीय केन्द्रीय कमिटीको घोषणा भएको छ । 

कमिटीको उपाध्यक्षमा योगेश राल्फाली, निवेश यादव, शारदा अर्याल (सुमन), दिलीप साह, राजेश साह, निरज गौतम, महासचिवमा नरेशप्रसाद तुरहा, सचिवमा बालाशंकर कुशवाहा, रविन्द्र यादव, प्रेम साह, प्रशान्त तिम्लसिना, पप्पु साह, पंकज सिंह, दिनेश सहनी, श्रीलाल सुनार र कोषाध्यक्षमा शारदा पाण्डेय रहेका छन् । 

यसै गरी सो भेलाबाट प्रशिक्षण विभागको प्रमुखमा योगेश राल्फाली, संगठन विभागको प्रमुखमा नरेशप्रसाद तुरहा, उत्पादन विभागको प्रमुखमा शारदा आर्याल, प्रचार विभागको प्रमुखमा निवेश यादव र इन्टिलिजेन्स विभागको प्रमुखमा निरज गौतमलाई चयन गरिएको छ । 

आइटी आर्मीको केन्द्रीय सदस्यहरूमा विकेश तामाङ्, राजु साह, विश्वराज पटेल, जयलाल महतो, अमिन्द्र यादव, प्रदिप मण्डल, आशिष गुप्ता, बुद्ध लामा, प्रदीप साह, चिन्टू वर्मा, दिपेन्द्र साह, खुशिलाल यादव, सनी गुप्ता, नवीन साह, रामकाजी श्रेष्ठ, ललिता कुमारी साह, पदम बहादुर शाही, मनु पटुवा, आर्या पाण्डेय, जयनारायण कुशवाहा, महेश यादव, अशोक पटेल, कुशराज न्यौपाने, रञ्जीत क्षेत्री, कृष्ण पौडेल, आशिष चौधरी, देवेन्द्र सिंह कुशवाह, उमेश दास, समिम आलम, सन्तोष कुमार साह, खुरशेद हजाम, अर्जुन बस्नेत, रघुवा साह, रामशरण यादव, राजकुमार यादव, विएल लामा लगायतका रहेका छन् । 

सो भेलाले वैदेशिक रोजगार पीडितको पक्षमा संघर्ष जारी राख्ने, भ्रष्टाचारीहरूलाई जनकारबाही गर्ने, राष्ट्रियताको प्रवर्द्धन तथा स्वाधीनताको रक्षार्थ सशक्त अभियान सञ्चालन गर्ने, नेपाली नागरिकता परित्याग गरेका विदेशीहरूको अवैध सम्पत्ति कब्जा गर्ने, आम विद्रोहको पक्षमा व्यापक जनधार तयार गर्ने, सुशासनको सवालमा सरकार असफल रहेकोले समानान्तर सरकारको आधार खडा गर्ने, देशको संकट निवारणमा वर्तमान विकृत व्यवस्था नै वाधक रहेकोले यसको विकल्प निर्माण गर्ने निर्णय गरेको छ । 

रौतहटको मौलापुरमा १४ पुसमा आजपा अध्यक्ष एवं पूर्व मन्त्री प्रभु साहले सो भेलाको उद्घाटन गरेका थिए । भेलामा सहभागी एक हजार भन्दा बढी युवा प्रतिनिधिहरूलाई सप्ताहव्यापी गराइएको थियो । 

आइटी, पत्रकारिता, भाषण कला, फिजिकल, सेल्फ डिफेंस, नेतृत्व एवं व्यक्तित्व विकास, राजनीति प्रशिक्षण लगायतका आधारभूत विषयवस्तु केन्द्रित रहेको थियो । भेलामा अध्यक्ष साहले पेस गरेको राजनीतिक एवं सांगठनिक प्रतिवेदन परिमार्जन सहित पारित भएको छ ।

प्रतिक्रिया दिनुहोस्