Logo
Logo

त्रिशुलीमा गाडी खसेको आशंकामा खोज्दै प्रहरी


756
Shares

धादिङ । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–५ को पुल नजिकबाट त्रिशूली नदीमा गाडी खसेको आशंकामा खोजी सुरु गरिएको छ । स्थानीयले त्रिशुलीमा गाडी खसेको भन्ने खबर गरेपछि अहिले बिहान ७ बजेदेखि गोताखोरको टोली सहित त्रिशूली नदीमा गाडीको खोजी गरिएको हो ।

मुग्लिन प्रहरीका अनुसार आज बिहान सवा चार बजेतिर त्रिशूली नदीमा गाडी खसेको भनेर स्थानीयले खबर गरेका थिए । तर, उक्त गाडी कहाँबाट कहाँ जाँदै थियो, कस्तो प्रकारको गाडी हो भन्ने केही खुलेको छैन । मुग्लिन प्रहरीका इन्सपेक्टर विशाल तामाङका अनुसार पानीमा बत्ती बलेको समेत देखिएको थियो । तर, गाडी कस्तो खालको हो भन्ने केही खुलेको छैन ।

उनका अनुसार नदी किनारमा एउटा फलामको टुक्रा र भारतीय नम्बर प्लेट भेटिएको छ । तर, त्यो अहिलेको हो वा पुरानो हो भन्ने पनि खुलेको छैन । प्रहरी निरीक्षक तामाङले गोताखोरको टोली डुंगा लिएर नदीमा खोजी जारी राखेको बताए । तर, अहिलेसम्म केही पत्ता लागेको छैन ।

प्रतिक्रिया दिनुहोस्