Logo
Logo

त्रिशूलीमा भेटियो दुर्घटनाग्रस्त भारतीय नम्बरको जीप


1.7k
Shares

धादिङ । भारतीय नम्बर प्लेटको जिप त्रिशूली नदीमा खसेको छ । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत इच्छाकामना गाउँपालिका–५ स्थित तीन नम्बर पुल नजिकबाट उक्त जीप त्रिशूलीमा खसेको अवस्थामा भेटिएको हो ।

मंगलबार (आज) बिहान पाँच बजेतिर जिप त्रिशूलीमा खसेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक श्रीराम भण्डारीले जानकारी दिए । जीप सडकबाट करिब ८५ मिटर तल खसेको छ ।

त्रिशूली नदीमा गाडी खसेको सूचना पाएपछि विपद् व्यवस्थापन तालिम शिक्षालय कुरीनटारको गोताखोरको टोली परिचालन गरिएको थियो । स्थानीयले जिप नदीमा खसेको खबर गरेपछि उक्त टोली घट्नास्थलमा खटाइएको हो ।

केहीबेरअघि गोताखोरको टोलीले जिप पानीभित्र भेट्टाएको प्रहरी नायव उपरीक्षक भण्डारीले बताए । उक्त जिपमा कति यात्रु सवार थिए भन्ने यकिन हुन हुन सकेको छैन ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी श्रीराम भण्डारीका अनुसार बीआर ०९ जीसी १४३० नम्बरको सिङ्गल क्याब भएको बोलेरो गाडी हो । गाडीभित्र मान्छे र सामान पनि केही नभएको अवस्थामा भेटिएको डिएसपी भण्डारीले जानकारी दिए ।

मानिसको खोजी तथा गाडी बाहिर निकाल्ने काम भइरहेको पनि उनले बताए

प्रतिक्रिया दिनुहोस्