Logo
Logo

वित्तीय उत्तरदायित्व ऐन संशोधनका लागि अध्यादेश ल्याउने सरकारको निर्णय


756
Shares

काठमाडौँ । सरकारले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ लाई संशोधन गर्न बनेको अध्यादेश, २०८० ल्याउने भएको छ।

आज बसेको मन्त्रिपरिषद बैठकले नेपालको संविधानको धारा १२४ को उपधारा (१) बमोजिम उक्त अध्यादेश राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो।

बैठकले राजनीतिक दलसम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसद समक्ष पेश गर्न स्वीकृति दिएको छ। बैठकले नागरिक लगानी कोषको रिक्त कार्यकारी निर्देशकमा पर्वतकुमार कार्कीलाई नियुक्त गर्ने निर्णय पनि गरेको छ।

यस्तै सांस्कृतिक संस्थानको रिक्त महाप्रबन्धकमा रुकुम पश्चिमका किरणबाबु पुन, नरदेवी आयुर्वेद चिकित्सालय विकास समितिको अध्यक्षमा रमेशचन्द्र न्यौपाने र शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशकमा डा रवि मल्ललाई नियुक्त गर्ने निर्णय पनि गरेको छ ।

प्रतिक्रिया दिनुहोस्