Logo
Logo

स्वामिकार्तिक खापर गाउँपालिका उपाध्यक्ष मैना जोशीको निधन


1.4k
Shares

कैलाली । बाजुराको स्वामिकार्तिक खापर गाउँपालिकाकी उपाध्यक्ष मैना जोशीको निधन भएको छ । ५२ वर्षको उमेरमा बिहीबार बिहान करिब ३ बजे आफ्नै घरमा निधन भएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अमर बहादुर रोकायाले जानकारी दिए ।

स्थानीय तह चुनावमा जोशी नेपाली काङ्ग्रेसबाट उम्मेदवार भई उपाध्यक्षमा निर्वाचित भएकी थिइन् । उपाध्यक्ष जोशी क्यान्सरबाट पीडित थिइन् । ललितपुरको किष्ट अस्पतालमा उपचार गराएर हालै उनलाई घर लगिएको थियो ।

गाउँपालिकाले आज शोक प्रस्ताव पारित गर्दै गाउँपालिकामा शोक बिदा दिएको छ । वडा नम्बर ४ स्थित कर्णालीको किनार पिलुमा अन्तिम संस्कारको गरिँदै छ ।

प्रतिक्रिया दिनुहोस्