Logo
Logo

रसिया पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ


1.3k
Shares

काठमाडौं । रसिया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौंको कीर्तिपुर बस्ने कैलालीको लम्कीचुहा–६ का २८ वर्षीय सरोज थापा छन् ।

उनले मोहन साउदलाई वैदेशिक रोजगारीका लागि रसियामा प्रतिष्ठित काम लगाइदिन्छु भनि सात लाख ३० हजार रुपैयाँ ठगी उजुरी परेको प्रहरीको अपराध महाशाखाले जनाएको छ ।

बुधबार पक्राउ गरिएका थापालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि प्रहरीले वैदेशिक रोजगार विभाग ताहाचल पठाएको छ ।

प्रतिक्रिया दिनुहोस्