काठमाडौं । सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्ष छान्न समिति गठन गरेको छ । बुधबार बसेको मन्त्रीपरिषद् बैठकले अध्यक्ष चयन गर्न राष्ट्रिय योजना आयोगको उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठको संयोजकतामा तीन तीन सदस्सीय समिति गठन गरेको हो ।

उक्त समितिमा श्रेष्ठसँगै अर्थसचिव डा. कृष्णहरि पुस्कर र शंकरदेव क्याम्पसका उपप्राध्यापक उदय निरौला सदस्य छन् । अब, समितिले अध्यक्ष छनोटसम्बन्धी कार्यविधि बनाइ विज्ञापन प्रकाशन गर्नेछ ।
आवेदन दिनेमध्येबाट कार्यविधिमा उल्लेख प्रक्रियाबाट ३ जना छनोट गरी अध्यक्ष नियुक्तिका लागि सरकारसमक्ष सिफारिस गर्नेछ ।












