Logo
Logo

क्यानसर पीडित पत्रकार कविन्द्र शेर्मालाई आर्थिक सहयोग


1.6k
Shares

काठमाडौं । क्यानसर पीडित पाँचथरका अग्रज पत्रकार कविन्द्र शेर्मालाई दक्षिण कोरियाबाट आर्थिक सहयोग जुटेको छ ।

घाँटीमा क्यानसर भइ भक्तपुर क्यानसर अस्पतालमा उपचाररत शेर्माको उपचारका लागि किरात याक्थुङ पापोहाङ शेर्मा सङजुम्भो दक्षिण कोरियाको नेतृत्वमा संकलन गरिएको रकम प्रदान गरिएको छ ।

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)को संघीय कार्यालय काठमाडौंमा आयोजित कार्यक्रमबिच उपचारत शेर्मालाई ३ लाख ८७ हजार रुपैयाँ सहयोग हस्तान्तरण गरिएको हो । फोनिजका अध्यक्ष गजुरधन राई र सङ्जुम्भोका नेतृत्वहरुद्वारा संयुक्त रुपमा सहयोग हस्तान्तरण गरिएको हो ।

हस्तान्तरण गरिएको रकममध्ये ३ लाख ६० हजार रुपैयाँ रकम दक्षिण कोरियामा संकलन गरिएको हो भने बाँकी रकम नेपालमै संकलन गरिएको हो ।

पाँचथरमा रहेर लामो समदेखि पत्रकारिता गर्दै आएका शेर्माको घाँटीमा क्यानसर भएको छ । उपचारका क्रममा अहिले किमो दिने काम भइरहेको छ । उपचारमा धेरै रकम लाग्ने भएपछि फोनिज लगायत विभिन्न संघ संस्थाले सहयोग अभियान सञ्चालन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्