Logo
Logo

काठमाडौं महानगरको प्रमुख प्रशासकीय अधिकृतमा परियार


5.9k
Shares

काठमाडौँ । सरकारले काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा राष्ट्रिय योजना आयोगका सहसचिव प्रदीप परियारलाई पठाएको छ ।

पर्वत जिल्ला फलेवास नगरपालिका–५, खानीगाउँ निवासी परियारलाई काठमाडौ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रुपमा पठाइएको हो ।

यसअघिका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीलाई भने मधेसी आयोगमा सरुवा गरेको छ । स्वास्थ्यको कर्मचारी नियुक्तिमा चलखेल गरेको भन्दै अधिकारी र मेयर बालेन शाहबिच विवाद सुरु भएको थियो । विवादकै बीच शाहकै निर्देशनमा अधिकारीको कार्यकक्षमा ताला लगाइएको थियो ।

सो विषयलाई लिएर मेयर शाहको सचिवालय प्रमुख नुरनिधि न्यौपाने, स्वास्थ्य विभाग प्रमुख रामप्रसाद पौडेल, वरिष्ठ शाखा अधिकृत भगवती विडारीलाई निलम्बन गरिएको थियो । अधिकारी पछिल्लो समय बिदामा बसेका थिए ।

प्रतिक्रिया दिनुहोस्