Logo
Logo

श्रीमान–श्रीमतिबीच हुनसक्ने ‘रुममेट सिन्ड्रोम’ के हो ?



काठमाडौं । यदि श्रीमान–श्रीमती अथवा अन्य रोमान्टिक सम्बन्धमा भावनात्मक कमी हुन सक्छ । उनीहरुबीच शारिरीक सम्बन्ध निर्माण समेत विस्तारै कम हुँदै जान्छ तर परिवार वा समाजको दबाबा कारण उनीहरु अलग हुन सकेका हुँदैनन् । यसलाई भनिन्छ–रुममेट सिन्ड्रोम ।

उनीहरु एकै छतमुनि हुन्छन् । सँगै खानपिन हुन्छ । काम, खर्च र घरको जिम्मेवारी पनि आधा–आधा गर्छन् । बाहिरबाट हेर्दा राम्रो जोडीका रुपमा देखिन्छन् । तर, भित्रभित्रै सम्बन्धमा दरार बढ्छ र एक समय त बोझका रुपमा लिन थाल्छन् ।
मनोविज्ञानका भाषामा ‘रूममेट सिन्ड्रोम’ भनिन्छ । विभन्न कारणले सम्बन्धमा यसको प्रवेश हुन्छ । यो प्रवेश गरेदेखि नै जोडीको सम्बन्धमा नकारात्मक प्रभाव पर्न थाल्दछ । भागदौडपूर्ण जीवनशैलीमा सम्बन्धमा प्रेम र साथ कम हुँदै गइरहेको छ । त्यसैले यो समस्या पनि बढ्दो देखिन्छ ।

भारतीय रिलेशनसिप कोच डा अञ्जलीका अनुसार ‘रूममेट सिन्ड्रोम’ कुनै पनि सम्बन्धमा अचानक आउँदैन । पार्टनर्सहरुले लामो समयसम्म जब सम्बन्धमा तिक्तता राख्छन्, विस्तारै समस्या सिर्जना हुन्छ जसलाई ‘रिलेशनशिप फटिग’ अर्थात् सम्बन्धमा थकान पनि भनिन्छ ।

यदि सम्बन्धमा प्रेम र लगाव पूरै सकियो भने यस्तो सम्बन्ध नुहुनु नै राम्रो हुन्छ । तर सामाजिक, आर्थिक, सांस्कृतिक र निजी कारणले मान्छेहरु भावनात्मक दूरीका बाबजुद पनि सम्बन्धमा पूर्णबिराम लगाउने दिशामा मान्छेहरु बढ्दैनन् । विवाहित जोडीहरु ‘रूममेट अप्रोच’को बाटो अपनाउँछन् । उनीहरु मात्र रुममेटका रुपमा सँगै हुन्छन् ।

एक समयपछि यसलाई नै सम्बन्धको नियति ठान्छन् । सँगै बस्नु, खानु, उठबस गर्नु सवै हुन्छ तर भावनात्मक लगाव र स्नेह हुँदैन । यस्तो अवस्थामा सम्बन्धमा जीवनभर रहन पनि सक्छ ।

केही पलको बेप्रवाहले हुनसक्छ रूममेट सिन्ड्रोम
सम्बन्धमा बोज वा निरस बनाउने रुममेट सिन्ड्रोम केही पलको इग्नोरेन्सबाट पनि सुरु हुन सक्छ । कुनै पार्टनर कुनै कुरासँग रिसाएर दोस्रोसँग कुराकानी कम गर्न सक्छ र नजरअन्दाज गर्दै जान सक्छ । यसले बिस्तारै जोडीलाई रुममेट सिन्ड्रोमतर्फ धकेल्दै लैजान सक्छ । रुममेट सिन्ड्रोमको असर सम्बन्धमा जीवनभर रहन सक्छ । तर यसको सुरुवात एउटा सानो नजरअन्दाज काफी हुन्छ ।

सम्बन्धमा रुममेट सिन्ड्रोम आउने कारण
-साथमा क्वालिटी टाइम नबिताउनु, शारिरीक निकटताको कमी
-पार्टनरसँग कम कुराकानी वा कुराकानी नै नगर्नु
-पार्टनर्सबीच कम्युनिकेशन ग्याप अर्थात् आपसी समझदारीको अभाव
-पार्टनर्सबीचको बुझाइमा फरक पर्नु वा एक–अर्काप्रति शंका बढ्नु र भरोसा घट्नु
-इनफिडिलिटी वा एक पार्टनरको सम्बन्धभन्दा बाहिर अर्कैसँग भावनात्मक निकटता बढ्नु
-झगडाका कारण एक–अर्कालाई नजरअन्दाज गर्नु
-यौन चाहनाको कमी हुँदै जानु
-व्यक्तिगत जीवनलाई लिएर चाहिने भन्दा बढी शतर्क हुनु ।

यसबाट बाहिर निस्किने पाँच उपाय
-पार्टनरको सवैभन्दा ठूलो खुबीको पहिचान गरेर यसैको सहारामा उसको निकट हुने प्रयास गर्नुपर्छ ।
-सम्बन्धमा केही कुरा अचानक गर्नुपर्छ। जस्तो, कहीँ घुमाउने फैसला, कुनै वाचा गर्ने र सरप्राइज गिफ्ट दिने ।
-सम्बन्धमा एकरुपता आउन दिनु हुँदैन । कुनै काम वा कुराले एकरुप रहेको सम्बन्धको प्याटर्न बदल्ने र नयाँपन दिने कोशिश गरिरहने ।
-पार्टनरसँग कुराकानी बढाउने र सँगै क्वालिटी टाइम बिताउने कोशिस गर्ने ।
–एजेन्सीहरुको सहयोगमा

प्रतिक्रिया दिनुहोस्